Connect IPS
IME Life

प्रभु लाइफ इन्स्योरेन्स बन्यो मेरो अटो मोटर र्‍यालीको मुख्य प्रायोजक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ‘मेरो अटो मोटर र्‍याली’को मुख्य प्रायोजक भएको छ । हिजो चैत २८ गते सोमबार मुख्य प्रायोजक सम्बन्धी सम्झौंतामा अटोमोटिभ्स प्रालि र कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा अटो मोटिभ्सका निर्देशक उज्वल घिमिरे र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका निमित्त कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौंतासँगै अब र्‍यालीको नाम ‘प्रभु लाइफ इन्स्योरेन्स प्रिजेन्ट्स मेरो अटो मोटर र्‍याली’ रहने छ । आगामी बैशाख ९ गते शुक्रबार विहान काठमाडौंबाट सुरु हुने उक्त र्‍यालीमा ५० भन्दा बढि ४ पाङ्ग्रे सवारीमा १०० भन्दा बढि व्यक्तिहरु सहभागी हुने छन् ।

Prabhu
Crest

उक्त र्‍याली काठमाडौं बत्तीसपुतलीबाट सुरु भएर बनेपा, धुलिखेल, भकुन्डेबेसी, नेपालथोक हुँदै मुलकोटमा पुगेर समाप्त हुनेछ । र्‍यालीमा नेपालको अटोमोवाइल, कर्पोरेट, बैकिङ, इन्स्योरेन्स तथा उद्यमीहरुको सहभागीता रहनेछ । ‘

ड्राइभ सेफ नाउ, इन्जोय आफ्टर वाड्स’ ट्यागलाइन सहित आयोजना हुने र्‍यालीमा सडक सुरक्षा र हाइवेमा सुरक्षीत तरिकाले सवारी चलाउने उपायहरु समेत सिक्न सकिन्छ । अटो मोटिभ्स प्रालिले गत वर्षबाट यो र्‍यालीको आयोजना गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS