IME Life New

नेपाल टेलिकमको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले आजदेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीले चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने कम्पनीले आग्रह गरेको हो ।

हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार नै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनी आफैले व्यहोर्नु पर्ने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS