Connect IPS
IME Life

दक्षिणकाली नगरपालिकाको चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो ।

चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलनगरी सो बिषयमा जानकारी गराएको हो । कम्पनिका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अव निर्माण प्रकृया शुरु हुने जानकारी दिए । उनका अनुसार अवको तीन बर्षमा निर्माण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ ।

Prabhu
Crest

कम्पनिका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरुको निकास सम्मानित सर्वोच्च अदालतबाट मिति २०७४/०७/२८ को निर्णय बाट प्राप्त गरीसकेपछि यो परियोजनाको कार्य तिब्रगतिले प्रारम्भ गरीएको कम्पनिले जनाएको छ । यो केबलकार परियोजना २०७६/०१/०२ गते बसेको ७१औ नगर कार्यपालिकाको निर्णय अनुसार २०७६/०१/०६ मा केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त भएको हो ।

कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट २०७६/०१/०६ मा निर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपालबाहिर विभिन्न देशमा वस्ने भएको हुँदा निज जग्गाधनीहरुलाई सम्पर्क गरि निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वेका जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरीएको छ । कम्पनीले उक्त कार्य गर्दा गर्दै कोभिड–१९ को माहामारी देशभरी फैलिई देश नै बन्द रहेको अवस्था भएकोमा ६ महिना काम गर्न नसकि सो पश्चात उक्त क्षेत्रको खहरे चोक देखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यकपार्किङ्ग एरिया सर्भे गरिएको, रोप वेको सर्भे गरिएको चम्पादेवीमाताको मन्दिर एरिया, माउण्टेन–१ र २ सर्भेको काम भएको छ ।

कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाईन अष्ट्रियन कम्पनीबाट तयार गरीएको जनाएको छ । कम्पनिका अनुसार यहाँ ल्याईने केबलकार यूरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवीमाताको मन्दिरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो ।

कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार वि.सं. २०७९ (२०२२) को अन्त्यमा सुरु गरेर वि.सं. २०८१(२०२५) को अन्त्यमा सक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ । कम्पनीले विदेशीलगानीकर्ता समेत भित्र्याउने लक्ष्य राखेको छ । यो परियोजना संचालनको लागी स्थानियवासिहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरीएको छ । कम्पनिले बोसन गाउ देखि बेस स्टेशन सम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार बिस्तारका लागी सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरीदिन पनि अनुरोध गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS