IME Life New

नेपाल टेलिकमको साधारण सभा सम्पन्न, ४०% लाभांश वितरण गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न भउको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश सभाले पारित गरेको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री पहालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५(घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS