काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २,५६८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज २ अर्ब २५ करोड १ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने १ हजार २५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।