IME Life New

सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन वेब पोर्टलबाटै पेश गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले अनलाईन पोर्टल बाहेकका माध्यमबाट सम्पत्ति शुद्धिकरण सम्बन्धित तथ्यांकहरु स्वीकार नगर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक सूचना जारी गर्दै इमेल, सिडि वा पत्रमार्फत् शंकास्पद कारोबार प्रतिवेदन तथा सीमा कारोबार विवरण पेश गर्दै आएका सबै संघसंस्थालाई आनिवार्यरुपमा गो एमएल पोर्टलबाट नै विवरण पेश गर्न निर्देशन जारी गरेको हो ।

Esewa
Crest

इकाईले गो एमएलको पोर्टलमा दर्ता गरी म्याजे बोर्डमार्फत उक्त प्रतिवेदनहरु तथा विवरण पठाउन अनुरोध गरेको छ । सूचना अनुसार जेठ १ गतेदेखि सिडि, पत्र वा इमेलमार्फत कुनै पनि प्रतिवेदन स्वीकार गरिनेछैन ।

अधिकांश बीमा कम्पनीहरुले परम्परागत माध्यमबाट नै राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा एसटिआर,एसएआर र टिटिआिर प्रतिवेदन तथा तथ्यांकहरु पेश गर्दै आएका छन् । इकाईको यो निर्देशनपछि अब सम्पूर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीले पनि गो एमएलको प्रोडक्शन इन्भायरनमेन्टमा आवद्ध भएर प्रतिवेदन पेश गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS