Connect IPS
IME Life

चाँडै नै विदेशमा समेत फोनपेबाटै भुक्तानी सेवा शुरू हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फोन पेलाइ विदेशमा समेत भुक्तानी सेवाको लागी प्रयोग गर्न सकिने सेवा चाँडै नै शुरू गर्ने तयारीमा रहेको छ । पहिलो चरणमा विदेशी डिजिटल भुक्तानी माध्यमहरूलाइ फोन पेको संजालमार्फत् नेपालभित्र भुक्तानीको लागी जोडेको फोन पेले दोश्रो चरणमा सीमापार सेवा शुरू गर्न लागेको हो ।

फोन पेको माध्यमबाट चीनको यूनियन पे, अलिपे, भारतको राष्ट्रिय भुक्तानी संस्थान, भिसा लगायत ६२ वटा भुक्तानी साझेदारलाइ नेपालमा भुक्तानी कारोबार गर्न संभव बनाएको छ । फोन पे एक अन्तरक्रियात्मक संजाल हो, जसले बैंक तथा भुक्तानी सेवा प्रदायकबीच संजाल स्थापनामा सेतुको रूपमा सेवा प्रदान गरिरहेको छ ।

Prabhu
Crest

सूचना प्रविधिको माध्यमबाट भुक्तानी सेवामा सर्वसाधारणको सहज र व्यापक पहुँचलाइ सम्भव बनाएको छ । फोनपेले यो १ करोड ८० लाखभन्दा बढी नेपाली प्रयोगकर्ता र ६ लाख व्यापारीलाई अनलाइन कारोबार सञ्चालन गर्न सक्षम बनाएको छ ।

फोन पेको प्रवर्द्धक संस्था एफ वा सफ्टका अध्यक्ष विश्वास ढकालले भनेका छन्, हाम्रो भावी कदम भनेको नेपाली प्रयोगकर्तालाई फोनपे मार्फत विदेशमा भुक्तानी गर्न सक्षम बनाउनु हो । हामी हाम्रा भारतीय समकक्षी र भिसासँग यस सम्बन्धमा काम गरिरहेका छौं, र हामी आशा गर्छौं कि चाँडै अन्तर्राष्ट्रिय सेवा शुरु गर्नेछौं।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS