काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २,६१३ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रशिततका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दिका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ६७ प्रतिशतका दरले गुमाएका हुन् ।