काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २,६३० दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सनराइज बैंकका डिवेञ्चर इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशलमव ५८ प्रतिशतका दरले गुमाएका छन् ।