IME Life
GBIME

नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर भोलिदेखि विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर भोलि बिहिवार देखि विक्री खुला हुने भएको छ । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक जो कोही ब्याक्ति संस्था वा कम्पनीहरुले चैत १७ गते सम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। एक सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

Crest

बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १००कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत शेयर सख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS