IME Life New

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले पायो नयाँ लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा तेस्रो क्रेडिट रेटिङ्ग कम्पनी संचालनमा आएको छ । विगत लामो समय देखी पूर्वाधार तयार गरी क्रेडिट रेटिङ्ग व्यवशाय गर्न आवेदन दिएर प्रतिक्षासूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले अन्ततः हिंजो क्रेडिट रेटिङ्ग संस्थाको अनुमतिपत्र प्रदान गरेको छ । यो सँगै नेपालमा रेटिङ्ग एजेन्सीको संख्या ३ वटा पुगेको छ ।

भारतको प्रतिष्ठित रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि. को सहायक कम्पनीका रुपमा स्थापित उक्त कम्पनीको कुल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । क्रेडिट रेटिङ्ग नियमावली २०६८ अनुसार नेपालमा क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न विदेशमा रेटिङ्ग सम्बन्धी काम गरेको संस्थाको साझेदारी अनिवार्य गरिएको छ । सोही बमोजिम कम्पनीको ५१ प्रतिशत शेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि. को रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ ।

Esewa
Crest

सूचीकृत हुने कम्पनीहरु बढ्दै गएको तथा नेपाल राष्ट्र बैंकले ५० करोड भन्दा बढीको ऋणको लागि समेत रेटिङ्ग गराउनुपर्ने ब्यवस्था गरे सँगै नेपालमा थप नयाँ रेटिङ्ग कम्पनीको आवश्यकता महशुष गरिएको थियो । काठमाडौंको  बानेश्वर हाईट्स स्थित टङ्कप्रसाद मार्गमा कार्यालय रहेको उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रबिन पुडासैनीले नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धा बिस्तार हुने र सेवाग्राहीले सहज एवं गुणस्तरीय सेवा पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS