Connect IPS
IME Life

युनाइटेड मोदीको एजिएम आज, दुई सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले आज फागुन २६ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २, कमलादीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो ।

साधारणभाले सर्वसाधारण शेयरधनी समुहको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । दुई जना मध्येबाट एक जना महिला सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

Prabhu
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने सामान्य प्रस्ताव रहेको छ ।

सभामा विशेष प्रस्तावको रुपमा कम्पनीको उद्देश्य थप गर्ने रहेको छ । कम्पनीमा संस्थापक शेयर समेत सर्वसाधारण शेयमार परिणत भईसकेकाले सो सम्बन्धी प्रावधानहरु लगायत कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारितका लागि पेश गरिने भएको छ ।

साधारणसभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गरेको छ । फागुन ४ गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउनुका साथै सञ्चालकको उमेदवारका लागि योग्य हुने छन् । साधारणसभा भर्चुअल माध्यमबाट विहान ११ बजे सुरु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS