काठमाडौं । साताको तेस्रो दिन नेप्से सूचक १७.४२ अंकले बृद्धि हुँदा नेपाल टेलिकमको शेयर कारोबार सर्वाधिक भएको छ । मंगलबार कुल ३ अर्ब २१ करोड रुपैयाँको खरिद बिक्री हुँदा नेपाल टलिकमको मात्रै २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
यसैगरी अरुण भ्याली हाइड्रोपावर विकास कम्पनीले १२ करोड ७८ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरी धेरै शेयर कारोबार गर्ने मध्ये तेस्रो नम्बरमा जीवन विकास लघुवित्तले ११ करोड २२ लाख बराबरको शेयर खरिद बिक्रि गरेको छ ।
साथै हिमालयन डिस्टिलरी लिमिटेड भने १० करोडा ४१ लाख रुपैयाँको शेयर कारोबार गर्दै चौथो नम्बरमा पर्न सफल बनेको छ । आज सबैभन्दा धेरै शेयर गर्ने कम्पनीमध्ये पाँचौ नम्बरमा आइसीएफसी फाइनान्स लिमिटेड रहेको छ । यो फाइनान्सले मंगलबार १० करोड २९ लाख बराबरको शेयर कारोबार गरेको छ ।