IME Life
GBIME

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार रकम २ अर्ब २७ करोड

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज परिसूचक १ दशमलव ९३ अंकले घटेर २,७३२ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज ६८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ उपसूचक सहित ८ वटा उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ४० करोड १७ लाख ४२९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको १२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोडमाथिको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS