काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा ५ वर्ष अनुभव भएको ब्यक्ति हुनुपर्ने सोही सुचनामा उल्लेख गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको रत्ननगर १ चितवन वा बैंकको इमेल ठेगानामा पठाउन भनेको छ ।