काठमाडौं । छ्याङदी हाइड्रोपावरले माघ ११ गतेदेखि बिक्रि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
आवेदनकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंक बेसीशहर, ग्लोबल आइएमई बैंक लमजुङ, ग्लोबल आइएमई बैंक लमजुङ सुन्दराबजार, ग्लोबल आइएमई बैंक उदिपुर लमजुङ,ग्लोबल आइएमई बैंक दोर्दी शाखा तथा नोिल धितोपत्र बोर्डबाट इजजातपत्र प्राप्त सि आ्रस्वा सेवामा सहभागी सबैं बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।