Connect IPS
IME Life

तेह्रथुम पावरले कमायो १ करोड ७१ लाख रुपैयाँ नाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ७९ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहँदा जगेडा कोष भने ८ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu
Crest

दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ८ करोड ६४ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ११४ दशमलव ७४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड २ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रूपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS