Connect IPS
IME Life

नेप्से परिसूचकमा ४० अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ५७ अंकले घटेर २,८३६ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २२८ वटा कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५९९ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २५ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४९ रुपैयाँ कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । एनआरएन इन्फ्राइष्ट्रचरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् । शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभनदा धेरै विन लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS