Connect IPS
IME Life

एनसेलले ल्यायो ननस्टप टाइम प्याक योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसेलले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ । कम्पनीका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय सिमा भएका टाइम प्याकहरू लिन सक्नेछन् । एनसेल आजियाटा लिमिटेडलेजसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन् ।

यस योजनामा ग्राहकले कर सहित रु १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक रु ३० मा लिन सक्छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँछन् ।

Prabhu
Crest

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो ।

आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स्१७१२३ह्यास डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS