IME Life New

आइएफसीबाट पैसा ल्याएर लगानी गर्ने प्रकृया थाल्यो एनआइसी एसियाले, राष्ट्र बैंकसँग स्वीकृति माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट ऋण लिएर नेपालमा लगानी गर्ने प्रकृया अगाडि बढाएको छ। दीर्घकालिन ऋण प्रवाहका लागि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आईएफसीका आवासीय प्रतिनिधि रोहन रशिदबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।


आइएफसीबाट दीर्घकालिन कर्जा लिनका लागि बैंकले राष्ट्र बैंकसँग स्वीकृति मागसमेत गरिसकेको छ।

Esewa
Crest

विद्यमान तरलता अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चापजस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पर्याप्त स्रोत परिचालन गर्न नसकिने बैंकले जनाएको छ। साथै सरकारले लक्ष्य राखेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न आन्तरिक स्रोतबाट मात्र नसकिने बैंकले जनाएको छ।

त्यसैले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालिन कर्जा लिन पहल थालिएको बैंकले जारि गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकले आइएफसीबाट कति रकम ल्याउन लागेको हो खुलाएको छैन। आइएफसीबाट आएको पैसा राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने कामु सिइओ न्यौपानेले जानकारी दिए।

(www/bizmandu/com बाट)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS