Connect IPS
IME Life

ज्योति लाइफले डाक्यो वार्षिक साधारणसभा, बोनश शेयर सहित यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गर्नेछ । सभाले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह तथा तत् सम्बन्धित अनुसुचिहरु तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ ।

Prabhu
Crest

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ ।

लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिकको निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कोभिड १९ पिडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोदनका लागि सभामा पेश गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ २४ गते एक दिन बुक क्लोज गर्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांश माघ २३ गतेसम्म कायम शेयरधनीले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS