Connect IPS
IME Life

चुनावी अस्त्र कमजोर हुँदा घट्न थाल्यो शेयर बजार, मूल्य घटाएर उठाउदै ठुला ब्रोकर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारको सुधारमा सबैभन्दा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको चुनावी अस्त्र कमजोर हुँदा नेप्से सूचक दिन दिनै घट्न थालेको छ । निर्वाचन आयोग तथा सरकारमा आवद्ध राजनीतिक दलको संयुक्त गठबन्धनले बैशाखमा निर्वाचनको सुझाव दिने क्रममा नेप्से सूचक लगातार उकालो लागेको थियो ।

निर्वाचनले स्थानीय निकायका पदाधिकारीहरुको कार्यकाल सकिने र उनिहरु मदमुक्त रहने भन्दै निर्वाचनको प्रस्ताव गरेको थियो । सोहि अनुसार आयोगले आन्तरिक तयारी पनि गरिरहेको थियो । यसै क्रममा सरकारमा आवद्ध राजनीतिक दलको संयुक्त गठबन्धनले गत साता चुनावको मिति तय गर्न सिफारिस गरेको थियो ।

Prabhu
Crest

तर सरकारले गत विहीबार चुनावको मिति घोषणा गरेन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा संबोधन गर्ने क्रममा चुनावको विषयमा खासै केहि पनि रणनीति र योजना सार्वजनिक गरेनन् । यसको साइड इफेक्ट आइतरबारदेखि लगातार बजार घटिरहेको छ ।

चुनाव हुने हल्लाले गत विहीबार नेप्से सूचक २९३५ सम्म पुगेको थियो । तर गत आइतबार सरकारमा आवद्ध राजनीतिक तलको गठबन्धनले पनि तत्काल चुनावको मिति तय नगर्ने निर्णय गर्यो । उनिहरुको यो निर्णयको प्रभाव स्वरुप सोमबार नेप्से सूचक १०० अंकले घट्यो । आज बुधबारसम्ममा नेप्से सूचक १५८ अंकले घटिसकेको छ ।

यस अवधिमा बजारलाई प्रभावित पार्ने नियमित सूचकहरु सिसिडी रेसियो, निक्षेप, कर्जा लगानी, तरलता लगायतका सूचक पनि नकारात्मक भएका छन् । बैंकिङ प्रणालीबाट अर्बौ रुपैयाँ निक्षेप बाहिरिदा बैंकहरुको सिडी रेसियो थप बढेको छ । यो भनेको तरलता अभावको समस्या थप चुलिएको छ ।

यो समस्या अहिले आएर भएको होइन । यो गत भदौदेखिको समस्या हो । जतिवेला लामोसमय सम्म रोकिएको आयात एकै पटक हुँदा खर्बौ रुपैयाँ सामान आयातका लागि विदेसियो । खद्यान्य तथा उपभोग्य वस्तुको आयात भएको हुँदा केहि समयमा व्यवसायीले बजारबाट पैसा उठाएर बैंकिङ प्रणालीमा ल्याउने अपेक्षा गरिएको थियो । तर उक्त आयात खाद्यान्य तथा उपभोग्य वस्तु मात्रै थिएन । जलविद्युत कम्पनी लगायत निर्माण उद्योगले अर्बौ रुपैयाँको सामान आयात गरेकोले तत्काल बजारमा आउने अवस्था छैन । अझै पनि केहि समय बैंकिङ तरलता समाधान हुने अवस्था छैन ।

यो पृष्ठभुमी बाहेक बजारलाई सबैभन्दा धेरै चुनावले पारिरहेको छ । चुनावको घोषणा भयो भने बजार बढ्छ भन्ने मनोविज्ञानले केहि समयदेखि साना तथा ठुला लगानीकर्ताका साथै ब्रोकरहरुले पनि लगानी बढाइरहेका थिए । यस साताको कारोबार हेर्ने हो भने ठुला ब्रोकरले उठाइरहेका छन् । पछिल्ला दिनमा ठुला ब्रोकरहरुबाट बिक्री भन्दा खरिद धेरै भएको पाइन्छ । पछिल्लो समयको सर्वाधिक उचाइमा भएको दिन सर्वाधिक कारोबार गरेको नासाबाट २९ करोडको बिक्री हुँदा ३९ करोडको खरिद भएको थियो । यो सहित सर्वार्धिक कारोबार गर्ने सबै ब्रोकरको खरिद अनुपात बढि थियो ।

गत सोमबार १०० अंकले सूचक तल झरेको दिन भने सर्वाधिक कारोबार गर्ने ब्रोकहरु मार्फत बिक्री अनुपात बढि थियो । तर मंगलबार र आज बुधबार भने उनिहरु मार्फत खरिद चाप बढि छ । चुनावको विषयमा निर्णय हुँन नसक्दा बजार ओरालो झरे पनि लगानीकर्ताको मनोविज्ञान भने अझै पनि न्युट्रल छ । ५० प्रतिशत लगानीकर्ताहरु बढ्छ भन्ने पक्षमा छन् भने ५० प्रतिशत लगानीकर्ताहरु पनि ५० प्रतिशत नै छन् । गएको साता बढ्छ भन्ने मनोविज्ञान ६२ प्रतिशत थियो । जसले गर्दा गत साता शेयर बजारमा राम्रो सुधार भयो । यदि भोलिका दिनमा पनि चुनावका विषयमा सरकार अनिर्णित भयो अझ चुनाव नगर्ने निर्णय गर्यो भने बजार पुरानै अवस्थामा फर्किन सक्ने सम्भावना उच्च छ । अर्को तर्फ यदि सरकारले चुनाव गर्ने निर्णय गर्यो भने बजारले नया रेकर्ड बनाउनेमा दुई मत छैन ।

यस साता ठुला ब्रोकरमा भएको कारोबार 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS