काठमाडौं । पिपुल्स पावर लिमिटेडले माघ २९ गते पाँचौं वार्षिक साधारण सभा गर्ने जनाएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेका लागि सभा गर्ने जनाएको छ । कोरोना ओमिक्रन वेभले गर्दा नेपाल सरकारको निर्णयलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७/७८ को वार्षिक हिसाब, नगद प्रवाह, नाफा नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गर्ने