IME Life New

उपत्यकामा भोलि राति १२ बजेदेखि जोर बिजोर प्रणाली लागु हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने जनाएको छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै रहेको विज्ञप्तीमा उल्लेख छ ।

Esewa
Crest

त्यस्तै, सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सवार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लब, जीमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल ,फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार र
मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम नगर्ने, नगराउने भनेको छ ।

साथै, शैक्षिक संस्थाहरुले भौतिक ९तालिम केन्द्र ,कोचिङ्ग सेन्टर ,सेन्टर ट्यूसन ,कलेज ,विद्यालय उपस्थितिमा गर्ने पठन पाठन नगर्ने, नगराउने, विश्वविद्यालय विद्यालयरशिक्षालयका परीक्षा, जनशक्ति भर्नाका परीक्षा लगायतका सवै किसिमका परीक्षाहरु नगर्ने, तर विश्वविद्यालय वा आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षा( विदेशी भाषा परीक्षा समेत) स्वास्थ्य मापदण्डको पालना गरी गराई सञ्चालन गर्न सकिन जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS