IME Life
GBIME

ग्रीनलाईफ हाइड्रोपावरको बुक क्लोज मिति परिवर्तन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २१ गतेको लागि बोलाएको १२औं वार्षिक साधारण सभाको बुक क्लोज मिति परिवर्तन गरेको छ । यसअघि कम्पनीले माघ ९ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको थियो । कम्पनीको पुस ३० गतेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।

अब कम्पनीले माघ ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

Crest

सभा माघ २१ गते गर्ने निर्णय गरेको छ । कम्पनीले कोभिड जोखिमलाई ध्यानमा राखी आम्रपाली ब्यांक्केट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भुर्चअल माध्यमबाट सभा गर्ने जानकारी दिएको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS