काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुद्धभुमि नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ । कम्पनीको कुल ४० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । आइतवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि कारोबारमा आउनेछ ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (BNHC) सिम्बोल पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।