काठमाडौं । हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय विरगञ्जमा सम्पन्न भएको हो । सभाले ७५ प्रतिशत बोनश शेयर र २५ प्रतिशत नगद सहित १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाव नगद तथा लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि एक अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएका छन् ।