Connect IPS
IME Life

नेप्सेको साधारण सभा आज, सर्वाधिक लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज पुस २९ गते साधारणसभा आह्वान गरेको छ । नेप्सेले सभा नेप्सेको कार्यालय यू.एन. आई शान्तिमार्गमा आयोजना गर्ने जनाएको छ । नेप्सेको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६ दशमलव ६७ प्रतिशतका दरले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी १०० प्रतिशत नगद लाभांश गरि कुल १६६ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव समेत पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले ४० औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्वीटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने , नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड ९सिडिएससी० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने गर्ने जनाएको छ ।

त्यसैगरी सभाले प्रवन्धपत्र नियमावली संशोधन गर्ने र अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS