IME Life

सुनकोशी हाइड्रोपावरको साधारणसभाले नेशनल सँग मर्जरमा जाने प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । सुनकोशी हाइड्रोपावर कम्पनीको २० औ वार्षिक साधारणसभाले नेशनल हाइड्रोपावरमा गाभिने प्रस्ताव पारित गरेको छ । सभाले मर्जर कमिटीले पेश गरेको प्रतिवेदनलाई पारित गरेको हो ।

सुनकोशी हाइड्रो पावरमा नेशनल हाइड्रोपावरकै बढी शेयर स्वामित्व छ । साधारणसभाबाट पारित भए सँगै कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । दुवै कम्पनीले मर्जर कमिटी पनि बनाएको र उक्त कमिटी मार्फत सबै प्रकृयाँ अगाडी बढेको छ । सुनकोशीमा नेशनलको मात्रै ९७ प्रतिशतभन्दा बढी शेयर स्वामित्व छ ।

Prabhu
Crest

यो कम्पनी साढे ४ मेगावाटको तल्लो इन्द्रावती बनाउनका लागि स्थापना गरिएको थियो । तर लगानीकर्ताको किचलोका कारण आयोजनाको लाइसेन्स खोसिएको थियो । अहिले त्यो आयोजनाको लाइसेन्स एनएचपीसीले पाइसकेको छ ।

धेरै अगाडिदेखि मर्जरको विषयमा छलफल हुँदै आए पनि अहिले भने साधारणसभाबाटै पारित गर्न सफल भएको छ । कम्पनीले सुनकोशी हाइड्रोमा यसअघि गरेको लगानी रकम ६१ करोड ७२ लाख रुपैयाँ राइट ब्याक पनि भइसकेको छ । त्यो रकम कम्पनीले बोनस शेयरको रूपमा शेयरधनीलाई वितरण गर्दै छ । आउँदो साधारण सभाबाट शेयरधनीलाई २० प्रतिशतसम्म बोनस शेयर दिने कम्पनीको योजना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS