काठमाडौं । आज शेयर बजार ७३ दशमलव ०१ अंकले बढेको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । आज १८३ कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलोपर र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चर इकाईधनीले गुमाएका छन् ।