IME Life New

नेपाल आयल निगमद्धारा कार्यकारी निर्देशक नियुक्तिको लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धा मार्फत नियुक्त गर्नु पर्ने भएकोले ईच्छुक तथा योग्य व्यक्तिबाट प्रथम पटक सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

आवेदन दिनको लागि नेपालको नागरिक भएको, निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनु पर्ने छ।

Esewa
Crest

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने छ । साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम पैंतीस वर्ष पुरा भई पैंसट्ठी वर्ष उमेर ननाघेको हुनु पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS