Connect IPS
IME Life

चौधरी समूहले दुई अर्बमा किन्यो जिबी फुड्सको रुसी व्यापार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बहुर्राष्ट्रिय कम्पनी चौधरी समूहले तयारी खाजा उत्पादक यूरोपेली बहुर्राष्ट्रिय कम्पनी जिबी फुड्सले रुस र कमनवेल्थ नेशन्सको सम्पूर्ण कारोबार औपचारिकरुपमै खरिद गरेको छ । फेडरल एण्टिमनोपोली सर्भिस(संघीय प्रतिएकाधिकार सेवा)ले सिजी फुड्सलाई गलिना ब्लांकाको उद्योग र व्यवसाय प्राप्ती गर्न गत बिहीबार स्वीकृति दिएपछि लगानीको कानूनी बाटो खुलेको हो ।

सिजी फुड्सले जिबी फुड्सको निज्नी नभगोराडे क्षेत्रमा अवस्थित उद्योग समेत खरिद गर्ने सम्झौता गरेको थियो । सिजी फुड्सले रुसमा गत नोभेम्बर २०२१ मा रुसमा व्यवसाय दर्ता गरेको थियो ।

Prabhu
Crest

चौधरी समूहले जिबी फुड्सको कारोबार समेत सिजी फुड्सले हेर्ने घोषणा गरेको भएपनि द्विपक्षीय सौदामा जिबी फुड्स ब्राण्ड बिक्रीसम्बन्धमा कुनै सम्झौता नभएको रसियाली समाचार माध्यमले उल्लेख गरेका छन् ।

चौधरी समूहले कति रकममा जिबी फुड्स खरिद गरेको भन्ने औपचारिकरुपमा खुलाइएको छैन । तर रसियाली समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार यो खरिद सम्झौता १ अर्ब देखि १.५ अर्ब रुबल्स(१ अर्ब ५५ करोड देखि २ अर्ब ३२ करोड नेपाली रुपैयाँ)को आसपास भएको अनुमान गरिएको छ । रुसमा तयारी चाउचाउको व्यापार बढ्दो छ । तर सिजी फुड्सले आफ्नो ब्राण्ड चिनाउन र उत्पादन बढाउनको लागी थप लगानी गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

यूरोप फुड्स जिबी रुस स्पेनी कारुगिला परिवार, जस्ले गालिना ब्लांका ब्राण्डमा तयारी खाजा उत्पादन गर्छ, त्यसकै स्वामित्व अन्तर्गत रहेको थियो । सन् १९९८ देखि यूरोप फुड्स जिबीले निज्नी नभगोरोड क्षेत्रमा एउटा उद्योग संचालन गरिरहेको थियो । त्यहाँ पास्ता, मसला, दालको चक्की, मासुको झोल उत्पादन गर्दै आएको थियो ।

सन् २०२० मा यूरोप फुड्स जिबीको आम्दानीमा ६ प्रतिशतको गिरावट आएर १.५२ बिलियन रुबल्समा सीमित भएको थियो । तर खुद आम्दानी भने ३३ प्रतिशतले वृद्धि भएर १३ करोड ३० लाख रुबल्स पुगेको थियो । करिब ७० प्रतिशत उत्पादन रुसमै बिक्री गरिएको थियो । बाँकी कमनवेल्थ नेशन्समा निकासी गरिएको थियो । तथ्यांकहरुका अनुसार सुख्खा तेल र मसलाको बिक्रीबाट मात्रै १ अर्ब ३० करोड रुबल्स आम्दानी भएको थियो ।

अन्य कम्पनीले पनि जिबी फुड्स खरिद गर्ने रुची देखाएका थिए । तर त्यो डिलमा गलिना ब्लांका ब्राण्ड चाहिँ समावेश गरिएको थिएन । यूरोप फुड्सको २०२० को प्रतिवेदनमा अस्थिर आर्थिक अवस्थाका कारण कम्पनीको व्यवसाय दबाबमा परेको थियो । साथै मुद्रा स्फितिले आयातको बढ्दो लागतका कारण भविष्यमा मुनाफा घट्ने आशंका गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS