Connect IPS
IME Life

निक्षेप तथा कर्जा सुरक्षण कोषले रु. १० करोड निक्षेप थप्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले रु. १० करोड निक्षेप थप्दै काठमाण्डौं । सर्वसाधारणको निक्षेप र बैंक तथा वित्तीय संस्थाहरुको कर्जा सुरक्षाको प्रत्याभूती दिंदै आएको निक्षेप तथा कर्जा सुरक्षण कोषले थप १० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले क वर्गको वाणिज्य बैंकहरुलाई पुस २२ गतेसम्ममा शिलबन्दी बोलपत्र दर्ता गर्न आह्वान गरेको छ ।

१ वर्ष अवधिको लागी मुद्दती निक्षेप राख्न लागिएकोमा कम्तीमा पाँच करोड रुपैयाँ निक्षेप राख्नको लागी वाणिज्य बैंकले सकार्नुपर्ने कोषको शर्त रहेको छ । यसबाहेक लगातार पाँच वर्षदेखि नाफामा रहेको, निष्कृय कर्जा ३ प्रतिशतभन्दा न्यून, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत, धितोपत्र बजारमा सूचीकृत भएको, राष्ट्र बैंकको कारवाहीमा नपरेको वा कारवाही फुकुवा भएको कम्तीमा ३ महिना पुरा भएको वाणिज्य बैंकहरुले मात्र बोलपत्रमा सहभागीता जनाउन पाउने शर्त रहेको छ ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाहरुको निश्चित सीमासम्मको निक्षेप र कर्जा रकमको सुरक्षाको प्रत्याभूती दिएवापत कोषले सुरक्षण शुल्क लिने गरेको छ । यही सुरक्षण शुल्कवापतको आम्दानीबाट प्राप्त हुने बचतलाई कोषले विभिन्न वाणिज्य बैंकहरुमा मुद्दती निक्षेपहरुमा लगानी गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS