IME Life New

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित डाक्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालक र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतलाई पद मुक्त गरिदिएको सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा बोलाएको छ ।

कम्पनीले माघ ११ गते तेस्रो वार्षिक साधारणसभा गर्ने भएको हो । साधारणसभामा धितोपत्रको प्रारम्भिक निष्काशन बुक विल्डिङ विधिबाट गर्ने विशेष प्रस्तावलाई यस पटक पनि दोहोर्याएको छ । कम्पनीले दोस्रो वार्षिक साधारणसभाबाट यस्तो प्रस्ताव पारित गरिसकेको थियो । सोहि अनुसार बुक विल्डिङ विधिबाट ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि न्युनतम दर ७५० रुपैयाँ हुने भनि घोषणा पनि गरेको थियो । कम्पनीको प्राथमिक शेयर निष्काशनकै लागि नेपाल धितोपत्र बोर्डले आवस्यक कानुनी व्यवस्था पनि गरिसकेको थियो । तर कम्पनीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद तथा बोर्डकै सञ्चालक चन्द्र ढकालले गोल्डेन शेयर खरिद गरि भित्र कारोबार गरेको खुला भए पछि यो प्रकृयाँ नै अन्योलमा छ । अहिले तीनै जना यहि कारणले पद विहिन छन् ।

Esewa
Crest

कम्पनीले तेस्रो साधारणमा सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने भएको छ ।

धादिङ जिल्ला रोरांग गाउँपालिका स्थित कान्द्रांगढीमा रहेको चुनढुङ्गा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड एक लाख रुपैयाँमा नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट संचालक समितिको निर्णय बमोजिम खानी गरिद गरिएको सञ्चालक समितिको निर्णयलाई पनि पारितका लागि साधारणसभामा पेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS