काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले साधारणसभा सम्पन्न भएको दुई महिनामै शेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीले कार्तिक १६ गते सम्पन्न भएको ५४ औ वार्षिक साधारणसभाबाट २० प्रतिशत बोनश शेयर पारित गरेको थियो । साधारणसभाबाट पारित भए सँगै कम्पनीले शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । अव शेयरधनीले दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन् ।
गत कार्तिक एक गतेसम्म अभौतिकरण गरेका शेयधनीहरुलाई कम्पनीले सिधै डिम्याट खातामा जम्मा गरिदिएको छ । साथै कार्तिक एकगतेसम्म शेयरधितो कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा बन्धक राखेका शेयरधनीहरुको हकमा पनि बिक्री नहुने गरी डिम्याट खातामा जम्मा भएको छ ।