IME Life New

जोशी हाइड्रोपावरले बोलायो तीन आर्थिक वर्षको साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावरले तीन आर्थिक वर्षको वार्षिक साधारण माघ ३ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा बोलाएको हो । कम्पनीको पुस ११ गते बसेको सञ्चाक समितिको बैठकले सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११ः३० बजे शुरु गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी, सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS