काठमाडौं । सिसा हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा कम्पनीको कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने जनाएको छ ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय अनुसुचिहरुमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने विवरण लयायतका कागजातहरु अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।