काठमाडौं । आज शेयर बजार १२ दशमलव ५३ अंकले बढेको छ । आज ४ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको ३६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । कम्पनीको शेयर मुल्य ६८ सय रुपैयाँ रहेको छ । गोर्खाज फाइनान्स कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको १४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ४४७ रुपैयाँ रहेको छ । जीवन विकास लघुवित्तको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।