काठमाडौं । आआज शेयर बजार नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेर २,५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज २ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १८६ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, अपर तामाकोशी र शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नविल डिवेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ४ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन् ।