IME Life New

एफपिओको प्रिमिमयबाट जारी बोनश शेयरमा आयकर नलाग्ने एक्यानको निष्कर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्यान माइन्डबेन्डर्स क्लबको एउटा अध्ययनले शेयर प्रिमियमबाट जारी बोनश शेयरमा आयकर नलाग्ने निष्कर्ष निकालेको छ । शेयर प्रिमियमबाट बोनश शेयर जारी गर्ने गरी पूँजीकरण गरिएमा कर लेखाङ्कनका लागि त्यो ‘पूँजी योगदान’बाट ‘पूँजी योगदान’ मै रहन्छ अर्थात कर लेखाङ्कनको कारोबार नै हुँदैन । कर लेखाङ्कनमा असरै नगर्ने हुनाले कर लाग्ने वा नलाग्ने भन्ने कुरै नभएको उक्त प्रतिवेदनको निष्कर्ष छ । अर्को भाषमा एक व्यक्तिले पूँजी योगदान अर्को व्यक्तिमा सर्ने मात्र भएकोले यसबाट निकायलाई कुनै पनि लाभ भएकोले निकायलाई कर लगाउनु न्यायोचित समेत रहदैन भनिएको छ । प्रतिवेदनमा लेखिएको छ ‘यसका साथै यस्तो अवस्थाबाट एक व्यक्तिबाट अर्को व्यक्तिलाई लाभ हस्तान्तरण हुने अवस्थामा कर लगाउने कानुनको हालको मौजुदा बयकर कानुनमा रहेको पाइदैन ।’

शेयर प्रिमियमबाट बोनश शेयर जारी गर्ने गरी पूँजीकरण गरिएमा उक्त कारोबार आयकर ऐनको दफा ५६(३) ले कल्पाना गरेको लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण नहुने हुँदा निकायलाई आयकर ऐनको २०५८ अन्तर्गत यस विषयमा कर लाग्ने कुनै अन्य त्यस्तो दफा नभेटिएको क्लबको निष्कर्ष छ ।

Esewa
Crest

शेयर प्रिमियमबाट जारी बोनश शेयरमा आयकर लाग्ने नलाग्ने बिषयमा उत्पन्न दुबिधालाई छलफल तथा अध्ययन गरि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सन्स्थालाई यस बिषयको स्पस्टिकरणका लागि गाइडेन्स नोट जारी गरियोस भन्ने आशायका साथ आइक्यानका अध्यक्ष सीए युद्द राज ओलिलाई क्लबले प्रतिबेदन बुझाएको छ ।

यस्तो छ प्रतिवेदन

Study-Report-on-Taxation-of-Premium-on-FPO_ACAN

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS