काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले होटेल र्याडिसनमा सभा गर्ने जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागी लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
त्यसैगरी सभामा संचालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।