Connect IPS
IME Life

हिमालयन डिष्टिलरीको आकर्षक लाभांश घोषणा, कहिले सम्म किन्नेले पाउछन् लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन डिष्टिलरीले सत प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ७५ प्रतिशत बोनश शेयर र २५ प्रतिशत नगद सहित १०० प्रतिशत लाभांश दिने भएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा सञ्चित जगेडा कोषबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारितका लागि पुस २८ गते २१ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले केन्द्रिय कार्यालय विरगञ्जबाट साधारणसभा गर्ने भएको छ । कम्पनीले घोषणा गरेको लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने भएको हो । यहि साधारणसभाले ५ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि एक अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । सभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

यस कम्पनीले लाभांश घोषणा गर्ने सूचना बाहिर सार्वजनिक हुँदा गएका दिनमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS