काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते गर्दैछ । सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुनेछ । सभाले संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको ४५औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/ ७८ को वासलात, नाफा वा नोक्सान हिसाब र नगद र प्रवाह विवरणहरु स्वीकृत गर्नेछ ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, मिति २०७८।०८।०२ मा बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावमा छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सभाले स्वतन्त्र संचालक नियुक्त गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने लगायतका विविध विषयमा छलफल गर्ने जनाएको छ ।