IME Life New

रसुवागढी हाइड्रोपावरले आब्हान गर्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले पुस २६ गते साधारण सभा गर्ने जनाएको छ । सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले जनाएको हो । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ।ब। २०७७/०७८ को आर्थिक विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने, आ।ब। ०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।

Esewa
Crest

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको चुक्ता पुँजी र संचित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS