काठमाडौं । माउन्टेन इनर्जी नेपालले पुस २५ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा हुने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीले सभामा आठौ वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखा परिक्षकको प्रतिवेदन, सहित २०७८ आषाढ मसान्त सम्मको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने जनाएको छ ।
त्यसैगरी सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ।व। २०७८र०७९ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।