काठमाडौं । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४७ प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपालका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।