IME Life New

पुनर्बीमा निर्देशनको विषयमा राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समिति आफैले जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा अध्ययन गर्ने भएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको हो । उक्त समितिमा निर्देशक शुशिलदेव सुवेदी, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट दुई जना, जीवन बीमा कम्पनीको तर्फबाट एक जना, दुई पुनर्बीमा कम्पनीहरुको तर्फबाट एक/एक जना प्रतिनिधि रहने गरी अध्ययन समिति गठन भएको हो ।

समितिले मंसिर ९ गते सम्पुर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिदै आफ्नो सम्पुर्ण पुनर्बीमा व्यवसाय नेपाली बीमा कम्पनीलाई दिन भनेको थियो । तर बीमा कम्पनीहरुको चौतर्फी विरोध पछि बीमा समिति यस्तो समिति गठन गरेको हो । गत साता मात्रै सम्पुर्ण बीमा कम्पनीहरुले ज्ञापनपत्र मार्फत उक्त निर्देशन फिर्ता लिन अनुरोध गरेका थिए ।

Esewa
Crest

चौतर्फी विरोध पछि अनौपचारिक भेटघाटका क्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई पोलिसीमा के कस्तो परिवर्तन गर्नु पर्ने हो आएर छलफल गर्न अनुरोध गरेका थिए । बीमा कम्पनीहरुले स्वदेशी बीमा कम्पनीहरुले धारण गर्नसक्ने जोमिम तथा व्यवसाय दिन तयार भएको बताउदै आएका छन् । तर एकै पटक व्यवसाय दिदा पहिलादेखि नै सम्बन्ध बनाएका पुनर्बीमा कम्पनीले जोखिम लिन नमान्ने तथा सम्बन्ध नै विग्रिने भन्दै यस्तो निर्देशनबाट फिर्तालिन समेत अनुरोध गर्दै आएका छन् । कतिपय विदेशी पुनर्बीमा कम्पनीहरुले समितिको यस्तो निर्देशन पछि बाँकी दाबी भुक्तानी गर्नलाई नै आलटाल गर्दै आएका छन् । विदेशी पुनर्बीमा कम्पनीहरुले नेपाली बीमा कम्पनीहरु सँग व्यवसाय गर्दा यताबाट पठाउने प्रिमियम र उताबाट प्राप्त हुने दाबी रकमलाई मिलान गर्ने गरेको पाइन्छ । तर समितिको यस्तो निर्देशन पछि कम्पनीको यस्तो चक्र नै विग्रिन सक्ने उनिहरुको धारणा छ ।

अर्को तर्फ स्वदेशी पुनर्बीमा कम्पनीहरुले एकैपटक नेपाली बीमा कम्पनीहरुको पुनर्बीमा व्यवसाय ह्याण्डिल नै गर्न सक्दैनन् । दुई पुनर्बीमा कम्पनीको पूँजीकोष १८/१९ अर्ब भन्दा धेरै छैन । यति थोरै पूँजीकोष तथा प्राविधिक जनशक्ति नभएको यि कम्पनीलाई व्यवसाय दियो भने भोलिका दिनमा दाबी भुक्तानीको विषयमा थप समस्या पैदा हुन्छ । अर्को तर्फ जोखिम दुई पुनर्बीमा कम्पनी मार्फत स्वदेशीमा राख्नु राम्रो होइन ।

यो पनि पढ्नुहोस्

हिमालयन रि पाल्न आफैले जारी गरेको पूनर्बीमा निर्देशिका लत्याउँदै समिति

दुबै बीमक संघले बीमा समितिमा बुझाए ज्ञापनपत्र, पुनर्बीमा सम्बन्धी निर्देशन फिर्ता लिन आग्रह

बीमा समितिको नीतिगत भ्रष्टाचार, हिमालयन रिलाई व्यवसाय दिन ठाडो निर्देशन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS