काठमाडौं । सिडिएस एण्ड क्लियरिङले पुस १९ गते ११ औ वार्षिक साधारणसभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साधारणसभा शेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा विहान ११ बजे हुनेछ ।
सभामा संञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने कार्यतालिका छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वित्तीय विवरण पारित हुनेछ । सिडिएससी नेपाल स्टक एक्सचेन्जको सहायक कम्पनीको हो । यसमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत अध्यक्ष रहने व्यवस्था छ । शेयर राफसाफ सहित विभिन्न सेवा प्रवाह गर्दै आइरहेको यस संस्थाले राम्रो आम्दानी गर्दै आइरहेको छ ।