काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांशप्राप्त गर्नेछन् । कम्पनीले सोही लाभांश पारितका लागि पुस २३ गते साधारण सभा समेत आह्वान गरिसकेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १५ देखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।