IME Life New

मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुगु । कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार रूपैयाँ राहतस्वरुप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । उनकाअनुसार घरधनीसहित घरभाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइनेछ ।

पूर्ण घरक्षतितर्फ १० लाखसम्म क्षति भएकाले एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकाले एक लाख पचास हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकाले दुई लाख, एक करोडदेखि एक करोड पचास लाखसम्म क्षति भएकाले दुई लाख पचास हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकाले तीन लाख ५० हजार र तीन करोडभन्दा माथि क्षति भएकाले चार लाख राहत रकम पाउने छन् । यस्तै, आंशिक घर क्षतितर्फ एक लाख क्षति भएकाले २५ हजार,  २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट ७५ हजार राहत पाउने प्रवक्ता विष्टले बताए ।

Esewa
Crest

आगलागीबाट क्षति भएका व्यवसायीहरूतर्फ भने २० लाखसम्म क्षति भएकाले ३० हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र एक करोडभन्दा माथि क्षति भएकाले एक लाख राहत रकम पाउने छन् । तर, घरभाडा बस्नेलाई भने १० लाखसम्मको क्षति भएकाले २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति भएकाले ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले ६० हजार रकम पाउने निर्णय प्रदेश सरकारले गरेको छ । गत २९ कार्तिकमा छायाँनाथ रारा नगरपालिका-१ को गमगढी बजारमा आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो । आगलागीबाट घरभाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरक्षति २० र आंशिक घर क्षति भएका चार जना विस्थापित भएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS